समाचार

“जुनियर जेसिज सप्ताहन्त २०२०” को समापन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

“जुनियर जेसिज सप्ताहन्त २०२०” को समापन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लेखनाथ जुनियर जेसिज द्वारा आयोजना गरिएको “जुनियर जेसिज सप्ताहन्त २०२०” को तेस्रो कार्यक्रम “समापन समारोह तथा नेतृत्व विकासको लागि प्रशिक्षण कार्यक्रम” लेखनाथ जेसिजको सचिवालयम लेखनाथ जुनियर जेसिज वर्ष २०२०का अध्यक्ष जु. जेसि सुजन तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको साथसाथै प्रशिक्षकका रूपमा लेखनाथ जेसिजका पुर्व अध्यक्ष जेसी अर्जुन ओझाको सहभागिता रहेको थियो भने, अतिथिको रुपमा लेखनाथ जेसिजका पुर्व अध्यक्ष जेसी रोशन अधिकारी,लेखनाथ जेसिजका अध्यक्ष जेसि चिरञ्जीवी न्यौपाने, लेखनाथ जेसिज वर्ष २०२१ का नवनिर्वाचित अध्यक्ष जेसि नवराज पौडेल साथै मात्रिशाखा पोखरा जेसिज २०१९ का अध्यक्ष जेसि सन्तोष शाहि, २०२० का अध्यक्ष जेसि शिव प्रसाद सापकोटा, २०२१का नवनिर्वाचित अध्यक्ष जेसि ई.किरण केसि, लगायतको उपस्थिति रहेको थियो।

“समापन समारोह तथा नेतृत्व विकासको लागि प्रशिक्षण कार्यक्रम”का कार्यक्रम संयोजक जु. जेसि शिवानी केसि संयोजकत्व गर्न पाएकोमा सबै जेसिज परिवारहरु प्रति आभार प्रकट गर्दै, सबै उपस्थित व्यक्तित्वहरुलाई कार्यक्रममा स्वागत गरेकी थिइन्।

जेसिजका उपस्थित सबै विशिष्ट व्यक्तित्वहरुले आफु तथा आफ्नो संस्था सदैव जुनियर जेसीजको हकहितमा रहेको कुरा दर्स्याउँदै, जुनियर जेसीजले बढाएका हरेक पाइलामा साथ दिने बताउनुभएको थियो। उपस्थित विशिष्ट व्यक्तित्व, मुल संयोजक तथा कार्यक्रम संयोजकलाई मायाको चिनो हस्तानतरणसमेत गरिएको थियो । भने कार्यक्रम सञ्चालन महासचिव जेसि सताब्दी लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७