कोरिया बिशेष

परदेशीको कथा बोकेको जितेन्द्रको ‘सेतो साडी’ सार्वजनिक (भिडियो)

परदेशीको कथा बोकेको जितेन्द्रको ‘सेतो साडी’ सार्वजनिक (भिडियो)

गीतकार जितेन्द्र बानियाँको सेतो साडी सार्वजनिक भएको छ । राष्ट्रगानका रचयिता ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा सेतो साडीको सार्वजनिक गरिएको हो ।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा कालिकास्थानको फलैंचामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली रहेका थिए ।

गीतकार जितेन्द्र बानियाँले कोरियामा बस्दाको दश वर्षभित्र भोगेका घटनाक्रमलाई गीतमार्फत् उतारेका छन् । घरको नाजुक अवस्थालाई लिएर विदेश पलायन हुनेहरुको बीचबाट रातो बाकसमा फर्किनेहरुको ताँती र घरमा उसको आशामा भर परिरहेका परिवारका सदस्यहरुको सपनासँगै सेतो साडीमा परिणत भएकी प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका छन् ।

उक्त गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालको क्यामारा र विकास दाहालको सम्पादन रहेको छ भने सुरवीर पण्डित, सुनिशा बजगाईं र प्रविन केसीको अभिनय रहेको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस