धर्म/ संस्कृति

शुक्रबार राति यी काम गरे मिल्छ लक्ष्मी माताको कृपा

शुक्रबार राति यी काम गरे मिल्छ लक्ष्मी माताको कृपा

हिन्दूहरुको बाहुल्यता रहेको मुलुकमा हिन्दू धर्मका मान्यताहरुलाई समेत मानिन्छ। व्यापार व्यवसाय गर्नेहरुले लक्ष्मीको पूजाआजा गर्छन्।

लक्ष्मीपूजाको दिन सिंगारिने गाउँघर तथा शहर र मानिसका घरहरुले यही विश्वासको संकेत गर्छन्। तर, लक्ष्मी भगवतीलाई खुशी बनाउनका लागि प्रत्येक साता उनको पूजाआजा गर्न सकिने हिन्दू धर्मशास्त्रमा लेखिएको छ।

प्रत्येक दिन कुनै न कुनै भगवानलाई मानिन्छ। जस्तो सोमबारका दिन शिव, मंगलबारका दिन हनुमान मानेजस्तै शुक्रबार लक्ष्मी मातालाई मानिन्छ।

भक्तहरु लक्ष्मीको उपवास र पूजापाठ गर्छन्। लक्ष्मीको कृपा परे मानिसमा दुःखहरुको निवारण हुेने र धनको कहिले कमी नहुने विश्वास गरिन्छ। यसका साथै लक्ष्मी माताको आशीर्वाद भक्तहरुमा सधैं परिरहन्छ।

शास्त्रका अनुसार यदि तपाईँ लक्ष्मीमातालाई प्रसन्न तुल्याउन शुक्रबारको रात यी कामहरु गर्नुपर्छः

– शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ। यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ।

– कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ।

– शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ । यदि तपाईँको घरमा कुुमारी कन्या छिन् भने सबैभन्दा पहिले उसैलाई खीर खुवाउनुस् यसो गर्दा तपाईँलाई चाँडै शुभ फल मिल्नेछ । यसो गर्दा घरको आर्थिक स्थिति सही हुने र धनसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७