फोटो फिचर

यस्तो फोटोशुटकै कारण जेल परिन् यी मोडल, हेर्नुहोस १५ तस्विर

यस्तो फोटोशुटकै कारण जेल परिन् यी मोडल, हेर्नुहोस १५ तस्विर

अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

तर फोटो नै खिचेबापत हामीले जेलजीवन भोग्नु परेको छैन तर इजिप्टमा फोटोशुटका कारण एक मोडल र उनको फोटो खिच्ने फोटोग्राफर जेल जानुपरेको छ ।

मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा फोटोशुट

यी मोडलका फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सृजना भएको छ । इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्ते-जक र आप-त्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको छ । केहीले यी मोडल र फोटोग्राफरको आलोचना गरेका छन् भने केहीले इजिप्ट प्रशासनको आलोचना गरेका छन् ।

मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले सोमबार पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई मंगलबार छाडिएको छ तर उनीहरुको रिहाइ भए पनि बहस भने चर्किएको छ ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् । उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७