मनोरञ्जन

रचना रिमालः जस्तो स्वर उस्तै सुन्दरता [१५ तस्बिर]

रचना रिमालः जस्तो स्वर उस्तै सुन्दरता [१५ तस्बिर]

नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् ।

उत्कृष्ट ८ बाट नै नेपाल आइडलको यात्रा सकिए पनि यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।

उनले अहिलेसम्म करिब ५ दर्जन बढी गीतमा आवाज दिइसकेकी छिन् । जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत सङ्गीतमा धेरै रुचि राख्थिन् ।

सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका फोटो फिरिममा, सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् ।

उनको स्वर त मिठो छ नै त्यत्तिकै सुन्दर पनि छिन् । उनले सामाजकि संजालमा सुन्दर तस्बिर शेयर गरिरहन्छिन् । जहाँ उनका फ्यानले निकै राम्रा प्रतिक्रिया दिइरहेका हुन्छन ।

हेरौ उनका सुन्दर केहि तस्बिरहरु।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७