नायिका श्वेता खड्काले आफ्ना प्रेमी विजयेन्द्र सिंह रावत मंसिर २२ गते विवाह गर्ने भएकी छन् । केहि समयदेखि धनगढीका सिंहसंग खड्का प्रेम-सम्बन्धमा रहेकी थिइन्।
गत दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी, त्यसपछि विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध
बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत वाँडिएको छ। बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने तय भएको छ। गत दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध सार्वजनिक भएको थियो।
धनगढी घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालक हुन् ।
श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा पति श्रीकृष्णको नि-धन भएको थियो।