समाज

फेसबुके मायाले घर न घाट भएकी तारा !

फेसबुके मायाले घर न घाट भएकी तारा !

मङ्सिर, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-४ की तारा वैदेशिक रोजगारीमा रहेका डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशसँग फेसबुकमा खुब कुरा गर्थिन् । फेसबुकमा कुरा हुँदाहुँदै उनीहरुको प्रेम बस्यो ।

रमेशले पनि फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसमसमेत खाएका थिए ।

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरीब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”,

मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो’, ताराले भनिन्, ‘घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्‍याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।’

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरीब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भनिन्, ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।’

त्यसपछि उनी डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा पुगिन् । एक/दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जब-र्जस्ती गर्भप-तनको औषधि खुवाई गर्भपतन गराइयो ,’ उनले सुनाइन् ।

‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन

असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्त-स्राव हुन थाल्यो । ताराको र-क्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भइन् । दुवैजना माइती घरमा गए ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश तारालाई माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँसु खसाल्दै भनिन्, ‘माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो ला-स हुन्छ’ भनेर ध-म्की दिन थाले ।’

उनले त्यसपछिका कुरा खोतल्दै भनिन्, ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मा-र्ने ध-म्की दिँदै आएकाले निकै मान-सिक हिं-सा सहनुपर्‍यो ।’ ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिं-साविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा यी कुरा बताएकी हुन् ।

कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्‍यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।’

रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन । उनी भन्छिन्, ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्‍यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।’ घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छन् ।

सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उ-जुरी दिएको छ महिना बितेको छ’, अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, ‘भगाएर अलपत्र छाडनेविरुद्धको उ-जुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।’

सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजु-री गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताए ।

प्रहरीमा उजु-री दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउँछन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्या-दतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउँछिन् । कानुनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पुरुषको तुलनामा महिला अधिक हिं-सामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँड-रक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो,’ अधिवक्ता भट्टले भने, ‘केही नपाइने ठाउँमा म-दिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।’

एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए । उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

‘कानुनी उपचार नगरिकनै अधिकांश हिं-साका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी यौ-नजन्य हिं-साका घटना बढी छन् । त्यसपछि मा-नसिक प्रता-डनाका घट-ना आउने गरेका छन् ।

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिं-साका छ, गा-लीग-लौजका १२, कुट-पिटका २०, वादवि-वादका तीन, बालविवाहका पाँच, अल-पत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उ-जुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ ।
राजेन्द्रप्रसाद पनेरु/ रासस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७