मुख्य समाचार

बिहेको लगन: अब मंसिरपछि सिधै वैशाखमा

बिहेको लगन: अब मंसिरपछि सिधै वैशाखमा

बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि दुखद खबर छ । मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।

पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् ।

मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका चैतबाहेक ५ महिना विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह/व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७