जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्रीका रूपमा र व्यक्तिगत गरी दुवै नाममा रहेका फेसबुक पेज शुक्रबार बिहान ह्या-क गरिएको हो ।
मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्या-क गरिएको छ ।
शुक्रबार बिहान करिब साढे ९ बजेतिर मुख्यमन्त्री राउत र उनीसँग सम्बद्ध अन्य चारवटा फेसबुक पेज ह्याक भएको मिश्राले जानकारी दिए । ‘फेसबुक ह्याक भएको दुई मिनेटमै हामीले थाह पायौं,’ उनले भने, ‘ह्या-करले फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गरेर कुनै युवतीको फोटो पोस्ट गरेका छन् ।’
मुख्यमन्त्रीको सचिवालयले फेसबुक ह्या-क भएको बारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई जानकारी गराइसकेको छ । मुख्यमन्त्री राउतको फेसबुक धरानबाट ह्या-क भएको देखिएको प्रेस सल्लाहकार मिश्रले बताए । मुख्यमन्त्रीसहित आफ्नो पनि फेसबुक पेज ह्याक भएकाले त्यहाँबाट सम्प्रेषित हुने कुनै पनि स्ट्याटसलाई आधिकारिक नमानिदिन उनले आग्रह पनि गरेका छन् ।