धर्म/ संस्कृति

शुक्रबारको राशिफलः यी ४ राशिका लागि अशुभ

शुक्रबारको राशिफलः यी ४ राशिका लागि अशुभ

विसं २०७७ साल मङ्सिर १९ गते । शुक्रबार । इस्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

छातीसम्बन्धी सामान्य समस्या आउन सक्छ । ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)

छोटो यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अवरोधको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्इंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ, ध्यान दिनुहोला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेका लागि समय उत्तम छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरूभन्दा पछि परिने अधिक सम्भावना छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)

विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

माया प्रेममा सामीप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ख्याल गर्नुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनुपर्नेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)

प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना छ । लामो समयदेखि रोकिएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, अप्रिय घटना हुन सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)

पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुनेछैनन् । पुराना समस्या बल्झन सक्छन्, ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ ।व्यापारमा अरू दिनभन्दा बढी नै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हातलागी हुने योग छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७