समाचार

यी मोडेलले जोजर पिरामिडमा फोटो शूट गरेपछि…

यी मोडेलले जोजर पिरामिडमा फोटो शूट गरेपछि…

एजेन्सी- मिस्त्रमा प्रहरीले हुसैन मोहम्मद नाम गरेका एक फोटोग्राफरलाई गिर-फ्तार गरेको छ । ती फोटोग्राफरले जोजर पिरामिड नामक एक पुरातात्विक स्थलमा प्राचीन भेषभुषा लगाएर मोडेको फोटो शूट गरेको आ-रोपमा ती फोटोग्राफरलाई प्रहरीले गिरफ्तार गरेको हो । फोटोग्राफरले रोजेको उक्त स्थान र मोडेलले लगाएको लुगाप्रति त्याहाँको प्रशासनले आ-पत्ति जनाएको थियो।

उक्त फोटोशूटको लोकेशनको नाम सक्कारा नेक्रोपलिस हो । यो ठाउँ मिस्त्रको राजधानीबाट करिब ३० किलोमिटर टाढाको दुरीमा पर्दछ । यस ठाउँलाई यूनेस्कोले वल्र्ड हेरिटेज साइटको नाम दिएको थियो ।

मिस्त्रकी फेशन मोडेल सलमा एलले जब यो तस्वीरलाई सोशल मिडियामा अपलोड गरिन् त्यसपछि यो फोटोको वि’रो’ध हुन शुरु गरेको हो । सलमाले पोष्ट गरेको तस्वीरकै आधारमा फोटोग्राफर मोहम्मदलाई प्रहरीले गि’र’फ्ता’र गरेको हो ।

खबरका अनुसार मोडेल सलमालाई थाहा थिएन कि पुरातात्विक ठउँहरुमा अनुमति बिना फोटोशूट गर्न पाईँदैन भन्ने । सोशल मिडियामा मोडेल सलमालाई पनि प्रहरीले फोटोग्राफरसंगै गिर-फ्तार गरेको भन्ने हल्ला थियो । तर त्यो केवल हल्लामात्रै सिमित भईदियो ।

किनभने सलमालाई प्रहरीले गिर-फ्तार गरेको छैन । सोशल मीडियामा केही सोशल मिडिया यूजरसले मोडेल र फोटोग्राफर दुवैको पक्षमा आफ्ना प्रतिकृयाहरु दिईरहेका छन् भने केहीले यसको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७