राजनीति

कांग्रेसमा चर्कियो नेपाललाई ‘हिन्दु राज्य’ बनाउने माग

कांग्रेसमा चर्कियो नेपाललाई ‘हिन्दु राज्य’ बनाउने माग

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्र बनाउनु पर्ने आवज चर्किदै गएको छ । त्यसका लागि आइतबार पार्टी केन्द्रीय सदस्य र महासमिति सदस्यहरुले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर नै संकलन गरेका छन् ।

पार्टीको महासमिति बैठक चलिरहेका बेला ५ सयभन्दा बढी महासमिति सदस्यहरुले मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षर अभियानको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य तारानाथ रानाभाट, शंकर भण्डारी, राजुबाबु जोशी लगायतले गरेका छन् ।

उनीहरुले हिन्दु राष्ट्रको पक्षमा पार्टी नेतृत्वको ५ सयसहित सर्वसाधारणबाट संकलन गरिएको ८ सय जनाको हस्ताक्षर समेत महासमिति बैठकमा बुझाउने तयारी गरेका छन । पछिल्लो समय कांग्रेसभित्र हिन्दु राष्ट्रको मुद्धाको बहस चर्किदै गएको छ भने महासमिति बैठकमा पनि निकै हलचल ल्याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal