समाचार

आमाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनिन् [७ तस्बिर]

आमाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनिन् [७ तस्बिर]

एजेन्सी- एक महिलाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनेकी छिन् । आफ्ना समलिंगी छोरा र उनका श्रीमानको लागि सेरोगेसीमार्फत आमा बनेकी सेसिले एलेज नामकी ती महिलाले छोराकी छोरी अर्थात नातिनी जन्माएकी हुन् । उनको उमेर ६१ वर्षको बताइएको छ ।

आफूले सन्तान जन्माइदिने प्रस्ताव गरेकी थिइन् । ‘त्यतिबेला उनीहरु सबै हाँसे’

उनले समलिंगी छोरा म्याथ्यु एलेज र उनका श्रीमान एलियट डोहर्टीकी छोरीको नाम उमा लुइस राखिएको छ ।

बीबीसीको रिपोर्टअनुसार उनका छोरा र डोहर्टीले परिवार सुरु गर्न चाहेको बताएपछि सेसिलेले आफूले सन्तान जन्माइदिने प्रस्ताव गरेकी थिइन् । ‘त्यतिबेला उनीहरु सबै हाँसे’ सेसिलेले बीबीसीसँग भनिन् । छोराहरुलाई प्रस्ताव गर्ने बेला नेब्रास्काकी सेसिले ५९ वर्षकी थिइन् । उनका अनुसार सुरुमा उनको प्रस्ताव उनको परिवारमा हाँसोको विषय बनेको थियो ।

जब उनीहरुले सेसिलेको प्रस्ताव गम्भीर रुपमा लिए र उनीबाट सन्तान जन्माउने विकल्पका बारेमा खोज्न थाले चिकित्सकले यो विकल्प निकै जटिल भएको बताए । तर अन्ततः उनलाई सेरोगेसीबाट सन्तान जन्माउन योग्य रहेको बिभिन्न परिक्षणबाट पत्ता लाग्यो ।

सेसिलेले भनिन् ‘म स्वासथ्यप्रति धेरै संवेदनशील छु’ ‘मैले बच्चा हुर्काउन सक्दिन कि भन्ने शंका गर्ने कुनै कारण थिएन ।’ सेरोगेसीका लागि सेसिलेका छोरा म्याथ्युले वीर्य र डोहर्टीकी बहिनी लियाले डिम्ब दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७