समाज

पोखरा बस्ने प्रेमिकाले बिहे गरेर अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता

पोखरा बस्ने प्रेमिकाले बिहे गरेर अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

पोखरामा बस्ने ती युवतीले साउदीमा रहेका विकाश स्वेतीलाई नेपाल बोलाइन् । उनी साउदीबाट ती युवतीको कुरा मानेर नेपाल फर्किए । उनले अष्ट्रेलिया जाने भनेर साउदीबाट विकाशलाई स्वदेश झिकाएकी थिइन् ।

ती युवती कहाँ छिन् केही अत्तोपत्तो छैन । अष्ट्रेलिया जाने सपना बोकेका विकाशको साउदीको कमाई सबै सखाप

विबाहअघि युवकको घरमा जाने आउने गरेर बुबा आमा र भाउजुलाई समेत प्रभाव पार्दै आएकी ति युवतीले विकाशसँगबाट अष्ट्रेलिया जाने नाममा २५ लाख रुपैयाँ लिएर फरार भएकी छिन् ।

अहिले ती युवती कहाँ छिन् केही अत्तोपत्तो छैन । अष्ट्रेलिया जाने सपना बोकेका विकाशको साउदीको कमाई सबै सखाप भएको छ । ४ देखि ५ वर्ष विदेशमा बसेर कमाएको सबै रकम लिएर युवती ला-पत्ता भएपछि अहिले बिकास घरको न घाटको बनेका छन् ।

ती युवकलाई विबाह अघि नै बाबा भनेर बोलाउने, प्रभावमा पार्न विभिन्न गतिबिधि गर्न थालेकी ति युवतीले ४ वर्षदेखि उनीबाट युवकसँगबाट अहिलेसम्म २५ लाख बढी नगद लुटेको उनले आरो-प लगाएका छन् ।

अहिले युवतीको नाम भने सार्वजनिक गरिएको छैन ।

थप जानकारीको लागि भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७