राजनीति

फेरि पुल उद्घाटन गर्न पुगे रामचन्द्र पौडेल

फेरि पुल उद्घाटन गर्न पुगे रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्न पुगेका छन्। केहीबेर अघि पौडेल पुल उद्घाटन स्थल तालघरे पुगेका हुन्।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजीसमेत लगाएका थिए ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो।

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन।

तस्बिर- प्रकाश अधिकाराी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७