नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला १ हजार ६ सयले वृद्धि भई ९२ हजार ६ सयमा कारोवार भएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन पनि तोलामा १ हजार ६ सयले नै वृद्धि भएको छ। प्रतितोला ९० हजार ५ सय ५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १ सय ५० मूल्य निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ। प्रतितोला १ हजार १ सय ८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला १ हजार २ सय ५ मा खरीदबिक्री भएको छ।