मनोरञ्जन

नायिका श्वेता खड्काले बिहे गर्ने पक्का, को हुन उनका हुनेवाला श्रीमान !

नायिका श्वेता खड्काले बिहे गर्ने पक्का, को हुन उनका हुनेवाला श्रीमान !

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिन लागेकी छन् । उनले यही मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएकोसमेत वुझिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने बताइएको छ।
विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको वुझिएको छ । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७