राजनीति

पौडेल पक्राउ प्रकरण: यस्तो छ तनहुँका सिडियोको बयान…

पौडेल पक्राउ प्रकरण: यस्तो छ तनहुँका सिडियोको बयान…

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा पक्राउ परेका छन् । जिल्लाको ब्यास नगरपालिकामा निर्माण गरिएको मोटरेवल पुल उद्घाटनको क्रममा वि-वाद भएको थियो ।

पुल उद्घाटनमा पुगेका पौडेललाई नेकपा तनहुँ र नेकपा निकट राष्ट्यि युवा संघले विरोध जनाएको थियो । त्यसपछि प्रशासनले बुधवार(आज) बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा खोल्न माग राख्दै पौडेल समूह पुल उद्घाटन गर्न त्यसतर्फ गएका थिए । पौडेलले जारी निषेधाज्ञा तोडेका कारण नियन्त्रणमा लिइएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । “पुल उद्घाटनको विषयलाई लिएर विवा-द बढेको थियो । सडकमा हाना-हान साथै अ-प्रिय घट-ना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएकोमा पौडेल लगायत ठुलो समूहले नाराजुलुस गरेकाले उहाँलाई नियन्त्रणमा लिएका हौँ ।” उनले बताए ।

उनले अगाडी भने- “पुल उद्घाटन विवादका कारण केहीदिन देखि यहाँ विवाद बढिरहेको छ । विभिन्न समूह समूहमा भएको प्रदर्शनका कारण उहाँमाथि आक्र-मण हुनसक्ने खतरा बढेकाले पनि हामीले उहाँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको हो ।”

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७