प्रखर वक्ताका रूपमा धेरै प्रशंसक कमाउन सफल रमेश प्रसाई को बिहेको खबर सामाजिक सञ्जालमा छाएको छ।
यो खबरलाई रमेशका १४ वर्ष पुराना साथी जीवन विष्टले फेसबुकमार्फत् मंगलबार पुष्टि गरेका छन्। उनले बिहेको कार्डसमेत सार्वजनिक गर्दै रमेशको बिहे यही मंसिर २२ गते सोमबार हुन लागेको जानकारी गराएका हुन्।
रोचक कुरा त के छ भने रमेशसँगै जीवनले पनि एकै मण्डपमा सोही दिन बिहे गर्दैछन्।
उनले लेखेका छन्, ‘मंसिर १७ गते रमेश प्रसाईंको र मंसिर २२ गते जीवन विष्टको बिहे हुने भनिएको थियो। तर हाम्रो १४ वर्ष लामो हाम्रो मित्रताको उपज हामीले एउटै कार्ड छापी, एउटै मन्डपबाट मंसिर २२ गते विवाह गर्ने सहमति भएको जानकारी गराउँछौं।’
ताप्लेजुङ निवासी रमेश कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिन लागेका हुन्। उनीहरू दुवै दृष्टिविहिन हुन्।
रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गर्न लागेका हुन्। रमेशका साथी जीवनले भने जुनु तामाङसँग विवाह हुन लागेको हो। उनीहरू पनि लामो समयको प्रेमपछि बिहे गर्दैछन्।
सशक्त र स्पष्ट बोल्ने क्षमताका कारण चर्चित रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन्। समाजसेवामा सक्रिय नन्दा भने काठमाडौंमा बालआश्रम चलाउँछिन्। ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाउछिन् ।