समाचार

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ [भिडियोसहित]

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ [भिडियोसहित]

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ‘पक्राउ’ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। रामचन्द्र पौडेल ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’

भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए। ‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो। उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो। उहाँले निषेषाज्ञा पनि तोड्नुभयो,’ उनले भने।

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरा-सतमा राखेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७