१७ मंसिर- पाल्पा र स्याङजाका थप एक-एकजना कोरोनासंक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना सं-क्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए । भने मंसिर अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना-संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।