पोखरा- पोखरामा पहिलो पटक वन्यजन्तुका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । घाइते जंगली जनावरको उद्धार, उपचार गर्नका लागि वाइल्डलाइफ एम्बुलेन्स सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव महेश्वर ढकालले मानव र वन्यजन्तु द्वन्द्व बढिरहेको अवस्थामा दुवैलाई बचाउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानारी दिए ।
एम्बुलेन्स खरिदका लागि मन्त्रालयले झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । प्रदेशका कुनैपनि स्थानमा आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने उक्त एम्बुलेन्समा सुरक्षित ट्रलिसमेत जडान गरिएको छ ।
वन्यजन्तुका चित्र टाँसेर एम्बुलेन्स सजाइएको पनि छ ।