समाचार

साथीलाई अन्तिम शुभकामना दिँदै सदाको लागि अस्ताए निरज

साथीलाई अन्तिम शुभकामना दिँदै सदाको लागि अस्ताए निरज

कोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धमाधम घरतर्फ लागे। त्यही भिडमा थिए १९ वर्षीय निरज कुँवर।

धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा व्यवस्थापन संकाय लिएर अध्ययन गरिरहेका उनी पनि गाडी चढेर अछाम गएका थिए। अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा रहेको घर पुगेका उनले केही महिना त्यहीँ बिताए ।

लकडाउन सकिएपछि रोकिएका परीक्षा समेत सुरु हुने जानकारी पाएपछि निरज फेरि धनगढी आउनुपर्ने भयो। धनगढीमा कोठा भाडा लिएर बस्दै आएका उनी सोमबार बिहानै धनगढीका लागि हिँडे ।

धनगढी हिड्नुपूर्व उनले आफ्नो साथीलाई फेसबुकमा पोष्ट राख्दै जन्मदिनको शुभकामना दिएका थिए। उनले फोटो समेत राखेर ‘ह्याप्पी बर्थडे ब्यूटिफुल ले’डी’ लेखेका थिए। तर उनी सोमबार साँझसम्म पनि धनगढी पुगेका छैनन्। र, उनी अब १८ गतेदेखि सुरु हुने परीक्षामा पनि सहभागी हुने छैनन्, कारण उनी बीचबाटोमै अस्ताइसकेका छन्।

उनको बस दुर्घटनामा परी मृत्यु भइसकेको छ। अछामकै चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा उनी सवार ना४ख ९९७२ नम्बरको बस दु’र्घटना भएको थियो। दु’र्घटना स्थलबाट बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ’त्यु भएको हो।

यो पोष्ट त तिम्रो लास्ट पोस्ट हुन्छ भनेर सोचेको नी थिएन। निशब्द छु, लेख्नलाई कुनै शब्द छैन्। हामी तिमीलाई सधै मिस गर्नेछौ

एकदमै मिलनसार तथा सहयोगी भावनाका निरजको देहान्त हुँदा पुरै विद्यालय शोकमा परेको छ। उनीसँगै अछामको श्री प्रभाधम्कोट उमाविमा सँगै पढेका महेन्द्र कुवँर भन्छन्, ‘आज विहान खाना खाने बेला उसको मृत्युको खबर सुन्दा ममाथि आकाश ख’स्यो ।खाना छाडेर फेसबुक खोल्दा त सुनेको खबर साच्चिकै रहेछ।’

‘एकदम कम बोल्ने, धेरै सरल स्वाभको थियो निरज। आज हामीले मिलनसार साथी गु’माएका छाैं’ उनले थपे। यस्तै निरजले जन्मदिनको शुभकामना दिएकी युवतीले उक्त पोष्टमै कमेन्ट गरेर दुःख व्यक्त गरेकी छिन्।

उनले कमेन्टमा लेखेकी छिन्, ‘कुनै शब्द नै छैन डियर जसले तिम्रो वर्णन गरू। यो पोष्ट त तिम्रो लास्ट पोस्ट हुन्छ भनेर सोचेको नी थिएन। निशब्द छु, लेख्नलाई कुनै शब्द छैन्। हामी तिमीलाई सधै मिस गर्नेछौ। हार्दिक श्र’द्धान्जली।’

दिनेशखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७