मनोरञ्जन

को हुन् आदित्य नारायणकी हुनेवाला श्रीमती श्वेता अग्रवाल ?

को हुन् आदित्य नारायणकी हुनेवाला श्रीमती श्वेता अग्रवाल ?

कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण विवाहको तयारीमा छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिदैछन् । श्वेतासँग आदित्य निकै लामो समयदेखि सम्बन्धमा थिए ।

श्वेता अग्रवाल नायिका हुन् । श्वेताले आफ्नो करियर टिभी शो जस्तै बाबुल की दुआएं लेती जा (२०००), शगुन (२००१) र देखो मगर प्यार से (२००४) मा देखिइसकेकी छिन् ।

उनले स्टार प्लसको शो शगुनमा आरतीको भूमिका निभाएकी थिइन् । उनले फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरिन् । उनी शर्ट फिल्म सुन साहिबा सुन (२००४) मा देखिएकी थिइन् ।

श्वेता टर्किस फिल्म मिरास (२००८) को पनि हिस्सा रहिन् । श्वेताले तंदूरी लव, शापितजस्ता फिल्ममा काम गरेकी छिन् । तंदुरी लभमा पाँच भाषा हिन्दी, अंग्रेजी, स्विस–जर्मन, जर्मन र फ्रेन्चमा रिलिज भयो ।

यसबाहेक उनी फिल्म शापितमा देखिएकी थिइन् । शापितमा आदित्य नारायणको अपोजिट श्वेताको भूमिका थियो । शापित आदित्य नारायणको मुख्य नायकको रुपमा पहिलो फिल्म थियो । यो फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए ।

आदित्य र श्वेताको विवाह१ डिसेम्बर, २०२० मा हुँदैछ । कोरोनाका कारण यो विवाह सामान्य तरिकाले हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७