राजनीति

बदनाम भएपछि योगेश भट्टराईले घरभाडाको ९० हजार फिर्ता गर्ने

बदनाम भएपछि योगेश भट्टराईले घरभाडाको ९० हजार फिर्ता गर्ने

नेकपाका प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले घरभाडा वापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने भएका छन्।

प्रत्यक्षतर्फ ताप्लेजुङबाट निर्वाचित भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै भरभाडा वापत संसद सचिवालयबाट आफ्नो नाममा जम्मा भएको रकम फिर्ता गर्ने बाएकाा हुन्।

‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु’, भट्टराईले विज्ञप्तिमा भनेका छन् ।

राजधानीमै घर भएका सांसदले संसद सचिवालयबाट घरभाडा वापतको रकम लिएको खबर सार्वजनिक भएको थियो ।

‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु’, भट्टराईले विज्ञप्तिमा लेखेका छन्, ‘सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’

भट्टराईले संसद सचिवालयको अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएको भन्दै दुःखसमेत व्यक्त गर्दै भनेका छन् ‘लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal