अर्थ

फेरि घट्यो सुनको भाउ, पुरानो मुल्यतिरको यात्रा ?

फेरि घट्यो सुनको भाउ, पुरानो मुल्यतिरको यात्रा ?

सुनको भाउ फेरि पनि घटेको छ । सुन सोमबार प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको भाउमा पनि गिरावट आएको छ ।

सोमबारको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो । यस्तै चाँदीको भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७