राजनीति

साझा र विवेकशीलको एकता : यस्तो बन्यो ‘समझदारी’

साझा र विवेकशीलको एकता : यस्तो बन्यो ‘समझदारी’

१५ मंसिर, साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्नै लागेको छ । प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन् ।

एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्दि्रय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो । पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने स्रोतको दावी छ ।

यसअघिको एकता प्रस्तावमा दुई संयोजक रहने भनिएको थियो । तर, यसले राम्रो सन्देश नजानसक्ने भन्दै अध्यक्ष र संयोजकको नयाँ समझदारी गरिएको हो । यस समझदारीअनुसार पहिलेको प्रस्तावमा संसोधन गरेर साझाले केन्द्रीय कमिटीबाट पारित गराइसकेको छ भने विवेकशीलले पारित गर्न बाँकी छ ।

विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए ।

साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताइन् । पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७