प्रवास

मलेसियामा बिदेशी कामदारको २०% तलब काट्ने प्रस्ताव

मलेसियामा बिदेशी कामदारको २०% तलब काट्ने प्रस्ताव

मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको मासिक तलब २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ। कामदारहरूले कम्पनी छोड्ने क्रम बढेपछि मन्त्रालयले यस्तो प्रस्ताव ल्याएको मन्त्री एम कुलासेगरनले बताए।

कामदारले कम्पनी छोड्ने कुरा रोजगारदाताले भोगिरहेको ठूलो समस्या भएकाले त्यसलाई सम्बोधन गर्न राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा यस्तो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

‘यदि यो लागू भयो भने कामदार र श्रमिक दुबैलाई विन-विनको अवस्था हुनेछ। तलब काट्दा दुबै पक्षलाई फाइदाजनक हुनेछ,’ कुलासेगरनले बताएका छन्

उनका अनुसार कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिइनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal