मुख्य समाचार

भारतीय लहरीमा एम्बुलेन्स ठोक्किँदा बिरामीको मृत्यु

भारतीय लहरीमा एम्बुलेन्स ठोक्किँदा बिरामीको मृत्यु

विराटनगर : विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स भारतीय नम्बर प्लेटको लहरीमा ठोक्किएर सोमबार बिहान एक जनाको मृत्यु भएको छ।

सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स बिहान १ बजेतिर एनएल ०१ एल ०३३६ नम्बरको लहरीमा ठोक्किएर दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

बिग्रिएपछि कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित सडकमा रोकेर राखेको लहरीमा तीव्र गतिमा रहेको एम्बुलेन्स पछाडिबाट ठोक्किएको खुलेको छ।

दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको एसपी खड्काले बताए।

प्रहरीका अनुसार मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ। एक्कासि दमले च्यापेपछि बीपी आइडोलोजी सोसाइटी राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै गरेका बिरामीको दुर्घटनामा परेर मृत्यु भएको जानकारी खड्काले दिए।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन्। सामान्य अवस्थाका उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ। अन्नपुर्ण पोष्टमा किशोर बुढाथोकीले खबर लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७