धर्म/ संस्कृति

मंसिर १५ गते सोमबारको राशिफलः अशुभ छ यी ४ राशिको दिन

मंसिर १५ गते सोमबारको राशिफलः अशुभ छ यी ४ राशिको दिन

वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४१ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी बीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विलाशि तथा भौतिक सम्पतीको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पत्ती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनी प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रागर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी गर्ने वाताबरण गुम्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७