समाचार

उडिरहेको हेलिकप्टर भित्र चिल छिरेर अर्को झ्यालबाट निस्किएपछि…

उडिरहेको हेलिकप्टर भित्र चिल छिरेर अर्को झ्यालबाट निस्किएपछि…

नुवाकोट – जिल्लाको गलकोट नगरपालिकाबाट काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो। तर एक्कासी नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठो-क्किन पुग्यो ।

चिल ठोक्कदा सिसा नै फुट्यो, हेलिकप्टरमा सवार यात्रु अत्तालिए। चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराउन सफल भए ।

हेलिकप्टरलाई ठूलो दुर्घ+टना हुनबाट जोगाए।

“शुरुमा चील देखिनासाथ चालकले छलिरहनुभएको थियो, तर पछि फेरि आएर जोडसित ठोक्कियो”, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने।

हेलिकप्टरभित्रै छिरेको चील रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ। चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए।

“भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ”, उनले भने। हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए। उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै थिए।

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका थिए। अघिल्लो सिटमा बसेका भण्डारीको हात र खुट्टामा सामान्य चो+ट लागे पनि चालक र अरू यात्रु सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७