मनोरञ्जन

‘रेड वाइन’मा पुष्पको इन्ट्री, किन बाहिरिए पल ?

‘रेड वाइन’मा पुष्पको इन्ट्री, किन बाहिरिए पल ?

चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् ।

पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ ।

रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकनका अधिकांश दृश्य नेपालमा हुनेछ । केही दृश्यको छायांकन अमेरिकामा पनि हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।

पल र साम्राज्ञीले पहिलो पटक एकसाथ काम गर्ने तयारी गरेपनि तत्कालका लागि अब यो टरेको छ । खबरअनुसार पलले चलचित्रको कथावस्तु परिवर्तन गर्न आग्रह गरेपछि निर्माणपक्षसँग असमझदारी बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७