नेपाली अभिनेत्रीमा सुन्दरता र अभिनयमा राम्रो तारिफ भएको अभिनेत्रीमा पर्छिन् नम्रता श्रेष्ठ । सुनसरीको धरानमा जन्म भएकी श्रेष्ठ लामो समयदेखि नेपाली सिने उधोगमा सक्रिय छन् ।
३५ औ बसन्त पार गरेकी उनको सामाजिक संजालमा पनि सक्रियता निकै नै देख्न सकिन्छ । उनलाई सामाजिक संजाल फेसबुक पेजमा फलो गर्नेको संख्या १५ लाख ३४ हजार भन्दा धेरै छन् ।
फिल्म सानो संसारबाट नेपाली सिनेमा पाईला चाल्न सुरु गरेकी उनले निकै बा’धा अड्चन तथा वि’वादहरुलाई पार गर्दै धैर्यवान नायिकाको उपमा पनि पाएकी छन् ।
मेरो एउटा साथी छ फिल्मबाट सफलताको स्वाद चाख्न सुरु गरेकी उनले नेफ्टा हङकङ (मौन), नेफ्टा मलेसिया (नोभेम्बर रेन), फान (क्लासिक), डिसिने (क्लासिक), एनएफडिसी (क्लासिक), एलजी फिल्म एवार्ड (क्लासिक) लगायतका अवार्डहरु पनि हात पारेकी छन् ।
पछिल्लो समय लकडाउनका कारण उनी सुरक्षीत तवरले घरमै बसिन भने हाल उनले एक म्युजिक भिडियोमा अभिनय गरेकी छन् । जसमा उनी बेहुली बनेकी छन् ।
उनको बेहुली अवतार निकै आकर्षक देखिएको छ । उनले फाटेको चुरा बोलको गीतमा अभिनय गरेकी हुन् । फेसबुकमा बेहुली अवतारको केही तस्वीर सार्बजनिक गर्दै उनले यो कुराको जानकारी गराएकी छन् ।
तस्वीरहरु उनको फेसबुकबाट ।