पोखरा – म्याग्दीका एक युवकले भर्खरै किनेको नयाँ मोटरसाइकल ३ दिनमै ज-लेको दाबि गरेका छन् ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोर्टर्सको हिरो एक्स पल्स मोटरसाइकल किनेको ३ दिनमै चलाउँदा चलाउँदै आफै जलेको ती युवकले दाबी गरेका हुन् ।
नेपाल बैंक लिमिटेड बैंक शाखामा कार्यरत विकास आचार्यले असोज ७ गते बाग्लुंगको एक स्वरूमबाट उक्त मोटरसाइकल किनेका थिए। २ सय सीसीको उक्त मोटरसाइकल म्याग्दी सदरमुकाम बेनीबाट मंगलातर्फ जानेक्रममा बाटोमा अचानक आग-लागी भएर जलेको उनले समाजिक संजालमार्फत जानकारी दिएका छन् ।
सो बारे सोरमलाई जानकारी दिएपनि स्वरूमले क्षती-पूर्ती दिन आनाकानी गरेको उनले बताएका छन्।