समाचार

रुकुममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

रुकुममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते रहेको र जीप चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७