मुख्य समाचार

सरकारले राष्ट्रपतिको लागि ‘डेढ अर्बमा इटालीमा निर्मित हेलिकप्टर’ किनेको खुलासा

सरकारले राष्ट्रपतिको  लागि ‘डेढ अर्बमा इटालीमा निर्मित हेलिकप्टर’ किनेको खुलासा

सरकारले १४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णयपछि राष्ट्रपतिका लागि हेलिकोप्टर खरिद गरिएको खुलासा भएको छ ।

सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टर खरिद गरिएको खबर कारोबारमा छ ।

समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुनेगरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९ हेलिकोप्टर खरिद गरेको हो ।

यो हेलिकोप्टर केही समय त्रिभुवन विमानस्थलमा रहने र शीतलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्मण गरी सेनाको सुरक्षामा राखिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal