अन्तर्राष्ट्रिय

ताइवानकाे संसदमा लफडाः सुँगुरको मासुले हाने प्रमको मुखमा (भिडियो)

ताइवानकाे संसदमा लफडाः सुँगुरको मासुले हाने प्रमको मुखमा (भिडियो)

१२ मंसिर – ताइवानको संसदमा हानाहान भएको छ । जहाँ प्रधानमन्त्रीमाथि सुँगुरमो मासु प्रहारका साथै मु-क्का हाना-हान भएको हो । अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयको विरोध गर्दे प्रमुख प्रतिपक्षी दलले हंगामा गरेका हुन् ।

शुक्रबार बसिरहेको संसद बैठकमा प्रतिपक्षी दलका सांसद र सत्तापक्षका सांसदबीच हात हालाहालपछि त्यहाँको भिडियो पनि संसार भर भाइरल बनेको छ । भिडियोमा एक अर्कामा मु-क्का हाना-हान साथै बिरोध भइरहेको देख्न सकिन्छ ।

गत अगस्टमा सुँगुरको मासु आयात गर्ने घोषणा भएकाले प्रतिपक्षी दलले बिरोध गर्दा झ-गडाको स्थिती श्रृजना भएको हो । ताइवानका राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि -याक्टोपामिन भएको सुगुरको मासु अमेरिकाबाट आयात गर्ने गरेकाे निर्णयबारे संसदमा शुक्रबार छलफल भइरहेको थियो ।

सोही क्रममा प्रधानमन्त्रीले बोल्ने क्रममा प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न अबरोध गर्दै मुखैमा सुँगुरको मासुले प्रहार गरेका छन् ।

बिरोधका बाबजुद प्रधानमन्त्रीले सत्ता पक्षका सांसदहरुको घेराबीचमा बसेर बोल्न सुरु गरेका थिए । तर सुँगुरको मासुले मुखमा लागेपछि बोल्न छाडेका थिए । मानिसको स्वास्थ्य बिगार्ने अस्वस्थ्यकर मासु ल्याउन लागेको भन्दै विपक्षी दलले असन्तुष्ट जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७