समाचार

यी हुन् त्रिशुलीमा जीप खस्दा हराइरहेकी ११ वर्षीया जेनिसा

यी हुन् त्रिशुलीमा जीप खस्दा हराइरहेकी ११ वर्षीया जेनिसा

बिहीबार बिहान त्रिशुलीमा भएको जीप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आशंका गर्नुभएको छ ।

सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो । उहाँहरुको श’व परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो ।

जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा
जमुना र चालक केसीको श व फेला परेपनि बालिका हराइरहेकी छन् ।

उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७