मुख्य समाचार

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा – पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा मिर्गौला र मधुमेहसम्बन्धी समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७