मुख्य समाचार

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई ‘करणी’ गरेको आरोपमा बाबु पक्राउ

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई ‘करणी’ गरेको आरोपमा बाबु पक्राउ

पोखरा– आफ्नै आफ्नै १३ बर्षे नावालिग छोरीलाई जब-र्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि जबर्जस्ती करणी गरिरहेको र पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवर-जस्ती अ-श्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले हिमालय दैनिकलाई जानकारी दिए ।

प्रहरीका अनुसार पीडित छोरी र परिवारका सदस्यको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ती पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप अनुमती लिई हाडनाता करणी कसूर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता हमालले जानकारी दिए ।

नोट- पीडितको गोपनियताका लागि पीडकको पहिचान गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७