समाचार

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । चितवनमा रहेका उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् ।

मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो ।

शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको छ । शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ ।

ईसीजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने डा. रेग्मीले बताए । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७