समाचार

राजसंस्था माग्दै पोखरामा जुलुसः गुन्जियो ‘श्रीमान गम्भीर नेपाली …

राजसंस्था माग्दै पोखरामा जुलुसः गुन्जियो ‘श्रीमान गम्भीर नेपाली …

पोखरा : पोखरामा बुधबार राजसंस्था पुनर्वहाली माग गर्दै प्रदर्शन भएको छ। देशमा गणतन्त्र आइसकेपछि हटाइएको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली …’ गुन्जाउँदै राजसंस्थाको पक्षमा चर्को नाराबाजी भयो ।

कार्यक्रममा सहभागीहरुले राजसंस्था, हिन्दू राष्ट्र, हिन्दू धर्मसहितको राज्य व्यवस्था माग गर्दै सभा गरेका थिए। त्यही क्रममा राजतन्त्रको समयमा रहेको राष्ट्रिय गान समेत गाइएको थियो।

राजावादी र हिन्दूवादी भनिनेहरुले पनि सार्वजनिक कार्यक्रममा यो राष्ट्रिय गान नगाएको अवस्थामा पोखराबाट यसको सुरुवात भएको हो। राजवादीहरुको र्‍यालीपछिको कोणसभाका क्रममा देशका लागि भन्दै श्रीमान गम्भीर नेपाली…गाएका हुन्।

पोखराको सभामा बोल्दै शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले यो कार्यक्रम कुनै दलविरुद्ध नभइ देश बचाउन गरिएको दाबि गरे । जहाँ हजाराै बाइक र जनताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७