मनोरञ्जन

सामाजिक संजालमा छाएका एलिसाको सुन्दरता [फोटो फिचर]

सामाजिक संजालमा छाएका एलिसाको सुन्दरता [फोटो फिचर]

नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो ।

फ्यानहरूले उनलाइ फिल्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन्

यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो । खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् ।

तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन । पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् । उनका फ्यानहरूले उनलाइ फिल्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन् ।

तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् ।

व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् । कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् ।

जे होस सामाजिक सञजालमा उनका तस्बिर निकै भाइरल हुने गर्छन। भने फिल्ममा नजमेपनि उन सधै चर्चामा हुन्छिन् । उनी समाजिक संजालमा निकै बोल्ड एण्ड ब्युटफुल बनेर देखिन्छिन् । जहाँ फ्यानले उनको सुन्दरताको प्रशंसा गरेर प्रतिक्रिया दिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७