राजनीति

म बोल्न थालेपछि कांग्रेसका सबै नेताहरु आतंकित हुन्छन् : बिजयकुमार गच्छदार

म बोल्न थालेपछि कांग्रेसका सबै नेताहरु आतंकित हुन्छन् : बिजयकुमार गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने बताए । 

उनले भने– ‘म ट्वाइलेट गएर आउँदै थिए, रामचन्द्र दाईले मलाई बोलाएर कानमा खुसुक्क बोलाएर विजय धेरै नबोल्नु भन्नुभयो । मैले बैठकमा बोल्न थालेपछि आतंक हुन्छ । कांग्रेसमा त हुने नै भइहाल्यो म बाहिर छँदा पनि त्यस्तै थियो।

विजय गच्छदारले मञ्च पाएपछि उढाइदिन्छ । एक घण्टा त यत्तिकै बोलिदिन्छ ।’ उनले आफू १ घण्टामात्र नभई लगातार ३ घण्टा नै बोल्न सक्ने बताउँदै कम्युनिष्टहरुको धज्जी उढाइदिन सक्ने समेत बताए । 

उनले आफूले धेरै नेताहरुसँग तपाईले यो किन गर्नुभयो, तपाईले यहाँ बिगार्नुभयो भनेर बाझ्ने गरेको बताउँदै कार्यकर्ताहरु आफ्नो भाषण सुन्न २ घण्टासम्म तयार हुने बताए । 

ठट्यौली रुपमा प्रस्तुत भएका गच्छदारले २०६४ सालको चुनावमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनाव हारेको, नेकपा नेता माधव नेपालले पनि दुई–दुई ठाँउमा हारेर पनि कांग्रेसका कारण प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे । उनले रामचन्द्र पौडेलले मात्र चुनाव हारेको नभई चुनाव हार्ने अरु पनि रहेको भन्दै अर्को पटक जित्ने दिन आउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal