मुख्य समाचार

भोलि पोखरामा ३ हजार बाईक र २० हजारको सहभागितामा राजावादीको र्याली

भोलि पोखरामा ३ हजार बाईक र २० हजारको सहभागितामा राजावादीको र्याली

पोखरा, राजसंस्था र हिन्दूधर्म पक्षधरहरुले भोलि मंसिर १० गते पोखरामा वृहत आमसभाको आयोजना गर्ने भएका छन् ।पश्चिामाञ्चलमा रहेका हिन्दूवादी शक्ति, शिवसेना नेपाल तथा ब्राम्हण समाज लगायतको सहभागितामा सो कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा बीसौँ हजारको सहभागिता रहने शिवसेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले दावी गरे । क्षेत्रीका अनुसार कार्यक्रममा ११ जिल्लाबाट करीब ३००० बाइकको सहभागितामा र्याली निकालिने र गण्डकी प्रदेश भित्रका ११ जिल्लाका सम्पूर्ण राष्ट्रबादी आम नागरिकको सहभागिता रहने छ।

पोखराको अम्मर सिंह चोकबाट र्याली शुरु हुने तथा मानवअधिकार चोकमा आमसभामा गरेर सम्पन्न हुने छ । सम्पूर्ण राष्ट्रवादी नेपालीलाई एक भएर कार्यक्रममा सहभागी हुन आग्रह पनि गरिएको छ । यो लडाइँ धर्म रक्षाका साथै राष्ट्रिय अखण्डताको लागि देश तथा धर्म बचाउन सम्पूर्ण नेपाली जनता एक हुनुपर्ने बताइएको छ ।

राजसंस्था अबको निकास भएको कारण राजालाई नेपाली जनताले सहर्ष स्वीकार गर्नेमा दुईमत नभएको तर बिदेशी शक्तिको प्रभावमा परेर राजसंस्था हटाइएको हुनाले तत्काल राजसंस्थाको पुर्नस्थापना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको दाबि गरिएको छ ।

कार्यक्रम भोलि मंसिर १० गते दिनको ठीक १ बजे शुरु हुने बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७