समाचार

यी हुन् पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलट राजु

यी हुन् पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलट राजु

पोखरा – पोखरामा सोमबार प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै एक घा-इते भए ।

सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा- ६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घा-इते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृ-त घोषणा गरेका थिए ।यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घा-इते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७