विशेष सामाग्री

म्याग्दीकी १८ वर्षीया सपनाको सर्वत्र चर्चा

म्याग्दीकी १८ वर्षीया सपनाको सर्वत्र चर्चा

सुरेश हमाल

पोखरा – बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

बीबीसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका महिलाहरुको सूचीमा मगरलाई समावेश गरेको हो । यो समाचार बाहिरिएसँगै नेपाली मिडिया तथा नेपाली सामाजिक संजाल प्रयोगकर्ता माझ सपनाको चर्चा र प्रसंसा भइरहेको छ । सामाजिक संजालमा उनलाइ बधाइ दिइरहेका छन् ।

उनले बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएकी छिन् । उनी सडक, गल्ली र अस्पतालका वेबारिसे शवको अन्तिम संस्कार गर्ने विनयजङ्ग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा काम गर्छिन् ।

‘संसारभर बेघर र छाडिएका मान्छे छन्, उनीहरु सडकमै मर्छन्, उनीहरुसँग पनि उचित अन्तिम संस्कारको अधिकार छ, म समाजसेवाका लागि मात्र नभएर आफ्नो खुशीका लागि पनि यो काम गर्छु ।’ बीबीसीसँगको कुराकानीमा सपनाले भनिन् ।

सपनाले बेवारिसे शवलाई अस्पतालमा पुर्‍याई पोस्टमार्टम गरेर दाहसंस्कार गर्ने कार्यमा सहभागी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७