मनोरञ्जन

१६ बर्षे चार्ली बनिन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति

१६ बर्षे चार्ली बनिन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति

एजेन्सी- अमेरिकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति भएकी छिन्।

उनले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नम्बर एक फ्लवर्स भएको ब्यक्ती बन्न सफल भइकी हुन्।

१६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन्। डिमेलियोले टिकटक भिडियो बनाउन थालेको धेरै पनि भएको छैन। उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडियो पोस्ट गरेकी थिइन् ।

चार्लीको परिवारमा उनीसँगै उनकी दिदी र आमाबुबा उत्तिकै चर्चित छन्। चार्लीकी दिदी डिक्सी डिमेलियो गायिका हुन्। चार्लीकी आमाबुबा हेइडी र मार्क डिमेलियोले पनि टिकटक, इन्स्टाग्राम र ट्विटरमा फलोअर्स कमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७