मनोरञ्जन

पछिल्लो पुस्ताका नायकबीच स्टारडमकाे लडाइँ, काे होला नम्बर एक ?

पछिल्लो पुस्ताका नायकबीच स्टारडमकाे लडाइँ, काे होला नम्बर एक ?

पोखरा- आजभन्दा १५-२० अगाडि नेपाली फिल्म उघाेगमा स्टारडम भएका एकमात्रै कलाकार थिए राजेश हमाल, कुनै प्रतिस्पर्धी नभएकाले उनको स्टारडम निकै कम चर्चा हुन्थ्यो । राजेशले स्टारडमकाे मजा चाखिरहेकाै अवस्थामा एक्सन किङ निखिल उप्रेतीले कलिउडमा इन्ट्रिमारे, त्यसपछि सुरु भयो स्टारडमकाे ल डाइँ ।

राजेशकाे स्टारडमलाई च्यालेञ्ज गर्दै निखिलले पहिलो फिल्मबाटै स्टारडम कमाए । तर यी दुई सुपरस्टारले कहिल्यै स्रटारडमकाे घमण्ड देखाएनन्, एकअर्का सँग काम गर्न सधैं तयार भए । निखिल उप्रेती र राजेश हमाल एकअर्कालाई एकदमै सम्मान र इज्जत गर्छन् । राजेश निखिललाई एक्सनमा परिवर्तन ल्याउने कलाकार भन्दै तारिफ गर्छन् भने निखिल राजेशलाई महानायक भन्दै सम्मान गर्छन् ।

तर यी दुई कलाकारले चर्को स्टारडम हुदाहुदै नेपाली फिल्मबाट केहि टाढा भए । यता निखिलले त कमब्याक समेत गरे, आफ्नै निर्देशनमा भैरबबाट कमब्याक गरे । निखिलले अन्य ७ चलचित्रमा अभिनय पनि गरे, तर ती चलचित्र खासै चलेनन् । तर राजेश र निखिल अहिलेसम्मकै सबैभन्दा मजबुत स्टारडम भएका कलाकारकाे रुपमा ब्याख्या गरिन्छ ।

निखिल र राजेश बाहेक पनि नेपाली चलचित्र उघाेगमा बिराज भट्ट र लेडि सुरस्टार भनेर चिनिने रेखा थापा पनि अत्यन्तै मजबुत स्टारडम भएका कलाकार हुन् । त्यस्तै सोचेजस्तो स्टारडम कायम नगरेपनि पुराना पुस्ताका भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी र शिव श्रेष्ठको पनि राम्रै चर्चा भयो । उनि हरूले पनि हलसम्म दर्शक तान्न सफल रहे ।

आज पुराना कलाकार नभएर नयाँ पुस्ताका कलाकारकाे स्टारडम मापन गर्दैछाैँ, पुराना कलाकार बराबर नयाँ कलाकारले चर्चा र सफलता पाईसकेका छैनन् । तरपनि उनिहरुले अभिनय गरेको चलचित्रकाे बक्स अफिस रेकर्ड, अाेपनिङ रेकर्ड, फ्यान फलोईङ् देखि ब्रान्ड भ्यालु सबैकाे मुल्यांकन सहित टप ३ स्टारकाे मुल्यांकन गरेका छाैँ ।

मुल्यांकनकाे आधार ४ शिर्षकमा ५ नम्बरको पुर्णाङ्कसहित गरिएको छ ।

नायक अनमोल केसी नम्बर १ मा पर्छन् ।
बक्स अफिस रेकर्ड- ४/५
आेपनिङ् रेकर्ड- ४/५
फ्यान फलोईङ्- ३/५
ब्रान्ड भ्यालु- ४/५, जम्मा १५/२० ( २० मा १५ नम्बर )

नायक पल शाह दाेस्राे नम्बर परेका छन्
बक्स अफिस रेकर्ड- ४/५
आेपनिङ् रेकर्ड- ३/५
फ्यान फलोईङ्- ४/५
ब्रान्ड भ्यालु- ३/५, जम्मा १४/२० (२० मा १४ नम्बर )

प्रदिप खड्का तेस्राे नम्बरमा रहेका छन्
बक्स अफिस रेकर्ड- ३/५
आेपनिङ् रेकर्ड- ३/५
फ्यान फलोईङ्- ४/५
ब्रान्ड भ्यालु- ३/५, जम्मा १३/२० ( २० मा १३ नम्बर )

यी कलाकारले मध्ये पलकाे ५ प्रदिप र अनमाेल काे ७,७ आेटा फिल्म प्रदर्शन भैसकेको छ । जसमा पलले ३ सुपरहिट, १ एभरेज, १ फ्लप दिएकाछन् । पलले ५ मध्ये २ सुपरहिट, २ हिट र १ फ्लप फिल्म दिएका छन् ।

साथै प्रदिपले ७ मध्ये १ सुपरहिट, २ हिट २ फ्लप र २ डिजास्टर फिल्म दिएकाछन् ।
– सुबाष अर्याल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७