मनोरञ्जन

नेपाल आईडलका बिक्रमको स्वरमा चलचित्र ‘प्रसाद’को गीत सार्वजनिक (भिडियो)

नेपाल आईडलका बिक्रमको स्वरमा चलचित्र ‘प्रसाद’को गीत सार्वजनिक (भिडियो)

नेपाल आइडलका मुख्य दावेदार मानिएका टप ४ प्रतिस्पर्धी बिक्रम बरालको स्वरमा चलचित्र ‘प्रसाद’को गीत सार्वजनिक भएको छ। चलचित्र रिलिज भएको एक हप्तापछि चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।

उक्त ‘बरै क्यारी बाचौला..’ बोलको गीतमा शब्द र सङ्गीत सुबाश भुषालको रहेको छ। निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’ मंसिर २१ मा प्रदर्शनमा आईसकेको छ ।

चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठले दम्पतीको भूमिका निर्वाह गरेका छन्। नेपाल आइडलकै स्टेजमा पुगेर निर्देशक दिनेश राउत र निर्माता सुभास थापाले बिक्रमलाई गीत गाउन दिने घोषणा गरेका थिए। 

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal